प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १२ (बाह्र) जना पक्राउ

२०८१-०६-१७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०६।१६ गते २२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१४ बनकट्टी स्थित अमर सिंह कुवँरको बाझो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ३६ को राजेन्द्र खाती समेत १२ (बाह्र) जना मानिसहरुलाई प्रहरीले पक्राउ गरेको, गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा नगद रु. १,०६,४७०।- र ५६ पत्ती तास सहित निजहरुलाई पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।