प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०६-२०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१/०६/१९ गते ०९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ आदर्श टोल, टीकापुर न.पा.८ श्रीलंका स्थित सडकखण्ड र टीकापुर न.पा.९ पायलबाट अबैंध भन्सार छलि गरि ल्याएका धोती, सुटपिस, साडी, साइकल लगायतका अन्दाजी मूल्य रु. ६,१५,५००।- बराबरको सामानहरु  सुदूर-पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति ०८१।०६।१९ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु दोधारा चाँदनी न.पा.१ पक्की पुल, भिमदत्त न.पा.९ तुमणानी र पुनर्वास न.पा.११ डोके बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,०५०।– बराबरको बिडि,कुरकुरे, बिस्कुट, कापी ,प्याज, चिनि, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।