प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

       कैलाली :- मिति २०८१/०६/२० गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चोक र धनगढी उ.म.न.पा. ३ बोराडाडी चोकबाट अबैंध भन्सार छलि गरि ल्याएका सोडा, प्याज, साडी, स्याम्पु, दाँत माझ्ने ब्रस, टिसट, जुता लगायतका अन्दाजी मूल्य रु. ४३,६३०- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

       कञ्चनपुर :-  मिति २०८१।०६।२० गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.-१० जिमुवा र दोधारा चाँदनी न.पा.१ पक्की पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,२४,२४०।- बराबरको सुट, ब्लाङ्केट, कपडा, हाडवेयर,काजु,बदाम, बिडी, सुर्ती,जोली (चकलेट) लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

       डडेल्धुरा :- मिति २०८१।०६।२० गते १४:५० बजे जिल्ला डडेल्धुरा, पर्शुराम न.पा. ६ वांघाट स्थित जंगलमा भारतबाट भन्सार छलि गरि ल्याएका अटो पार्ट्सका समान र बिडीं लगायतका अन्दाजी मूल्य रु. २,६४,५३१.२०/- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय डडेल्धुरा मातहतबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।