प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १६ जना पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२२ जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ लव्ली चोक स्थित ऐ.ऐ. बस्ने मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलबाट जुवातास खेलि रहेको अवस्थामा होटल संचालक मैते डगौरा समेत १२ (बाह्र) जनालाई नगद रु. ५७,१६५।–(सन्ताउन्न हजार एक सय पैसठी) र २ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कैलाली, धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

    कञ्चनपुर:- मिति २०८१।०६।२२ जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ गोबरैया स्थित दिपेन्द्र चन्दले संचालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बस्ने बर्ष २२ को सम्राट चन्द समेत ४ (चार) जनालाई नगद रु. १२,८३०/- र १ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 



सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।