प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १६ जना पक्राउ

२०८१-०६-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०६।२२ जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ लव्ली चोक स्थित ऐ.ऐ. बस्ने मैते डगौरा थारुले संचालन गरेको सौरभ एण्ड सौगात नास्ता पसलबाट जुवातास खेलि रहेको अवस्थामा होटल संचालक मैते डगौरा समेत १२ (बाह्र) जनालाई नगद रु. ५७,१६५।–(सन्ताउन्न हजार एक सय पैसठी) र २ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कैलाली, धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

    कञ्चनपुर:- मिति २०८१।०६।२२ जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ गोबरैया स्थित दिपेन्द्र चन्दले संचालन गरेको प्रयास रेष्टुरेन्टको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ बस्ने बर्ष २२ को सम्राट चन्द समेत ४ (चार) जनालाई नगद रु. १२,८३०/- र १ गड्डी तास सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 



सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।