प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ४८ जना पक्राउ

२०८१-०६-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०६।२३ जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरी सामुदायिक वनको जंगलमा जुवातास खेलि रहेको अवस्थामा ) जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरी बस्ने बर्ष ४१ को जगुराम चौधरी समेत ४ (चार) जनालाई नगद रू.२२,९५५/- –(बाईस हजार नौ सय पच्चिस) र ३ गड्डी तास सहित प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेति, अत्तरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।  

    कैलाली:- मिति २०८१।०६।२३ जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला स्थित न्यू साउद होटलको कोठामा जुवा भईरहेको अवस्थामा ) जिल्ला कैलाली गौरीगंगा न.पा.१ गोप्का बस्ने बर्ष ३४ को टेक बहादुर बुढा समेत ७ (सात) जनालाई नगद रू. रु. ८१,९४१/-(एकासी हजार नौ सय एकचालिस) र ४ गड्डी तास सहित इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।  

   कञ्चनपुर:- मिति २०८१।०६।२३ जिल्ला कञ्चनपुर बेलौरी न.पा. ५ सोभाताल स्थित शंकर चौधरीले अधीया गरी बसेको चामु चौधरीको बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा जि.कञ्चनपुर लालझाडी गा.पा.६ चान्देउ बस्ने बर्ष ३२ को जीवन चौधरी समेत २७(सत्ताईस) जनालाई नगद रु.५२,१२८।– तास -४ गड्डी सहित इलाका प्रहरी कार्यालय बेलौरी, महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

  कञ्चनपुर:- मिति २०८१।०६।२३ जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ किचाई स्थित रहेको प्रकाश ऐरको घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा जि.कञ्चनपुर कृष्णपुर न.पा. ५ वस्ने बर्ष ३५ को दिल बहादुर चौधरी समेत १० (दश) जनालाई नगद १,२७,९७२।- ( एक लाख सत्ताइस हजार नौ सय बहत्तर), २ गड्डी तास सहित प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय झलारी, महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।