प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०७-०२

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।०७।०१ गतेका दिन कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ त्रिबेणीघाट, ऐ. १५ उर्मी जंगल, गोदावरी न.पा.१ धनगढी रोड, टीकापुर न.पा.९ पायल गाउ, ठोसे बजार, र बालुवाटार, भजनी न.पा ५ कव्वाखेडाघाट र कैलारी गा.पा.८ लौसाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१९,७६,१३४।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, मसला, मटर, रङ्गोलि कागज, कलश, गुलाबी लरा, सजावट डोरी, छाता, फुल, पानि तान्ने बिद्युतिय मोटर,  प्लाष्टिक झिल्ली, सु.प.प्र.०१-००१ च ३९५७ नम्बरको पिकअप गाडी लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०७।०१ गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी, ऐ. ६ ऐठपुर ऐ. ११ चौकीसत्ता, बेलौरी न.पा.१ दिपज्योती बिद्यालय नजिक र ऐ. ६ नयांगाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,१२,६२०।– बराबरको चुरोट, सुर्ती, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, किसमिस, बदाम, पिस्ता, काजु, पेय पदार्थ,   प्लाष्टिक झिल्ली, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।