प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०७-०५

  • A
  • A-
  • A+
Share

      दार्चुला :- मिति २०८१।०७।०४ गते जिल्ला दार्चुला, महाकाली न.पा. ४ मल्ला बाङ्गाबगड स्थित बिर बहादुर बोहराले संचालन गरेको BM जनरल स्टोरको गोदाममा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले रीतपुर्वक खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३७,००६।- बराबरको चिनी, बिडी, खाने तेल, चप्पल, खुद्रा किराना लगायतका सामानहरु र सोही ठाउँ स्थित नौगाड गा.पा. २ घर भई हाल ऐ. महाकाली न.पा. ४ मल्ला बाङ्गाबगड बस्ने करन सिंह ठगुन्नाले संचालन गर्दै आईरहेको ठगुन्ना किराना पसलको गोदामबाट अन्दाजी मूल्य रु. ४७,४७०।- बराबरको आटा, चामल, खानेतेल, चिनी, चप्पल लगायतका सामानहरु गरि जम्मा अन्दाजी मूल्य रु. रु.२,८४,४७६।- बराबरको सामानहरु फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त समान र पसलका संचालक बिर बहादुर बोहरा र करन सिंह ठगुन्ना समेत दुवै जनालाई नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।