प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०७-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०७।०५ गते १९:०० बजेको समयमा टीकापुर न.पा. ९ पायल गाउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,९४०।– बराबरको ट्याक्टरको छतकबर, ग्रिस पम्प, ग्रिस, लाईट, हाईड्रोलिक फिडर, फिल्टर, ब्यरिङ लगायतका सामानहरु प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:-  मिति २०८१।०७।०५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु टोलीले भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक,  ऐ. ११ बिद्युत कार्यालय नजिक र  पुनर्वास न.पा.६ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,३६,४१०।– बराबरको प्याज, चिनि, मिश्री, काजु, पेय पदार्थ, खानेतेल, जिरा, हाडबेयरका सामान, मोबाईलका डिस्प्ले, झिलमिले लाईट, मोबाईलको ब्याट्री, कपडा, खेलौना, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    बैतडी:- मिति २०८१।०७।०५ गते १७:०० बजेको समयमा दशरथचन्द न.पा.१० अदर पिण्ड स्थित सडक खण्डको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७३,५००।– बराबरको चिनि, मिस्री, गुड, खानेतेल, सुर्ती, जिरा,चियापत्ति, बिडी, स्टिल गिलास, तारपिन तेल, ब्रिटिस पेन्ट, चना, चप्पल, मोजा, साबुन लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।