प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।०७ गते १७:५० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. १ अत्तरियाबाट चुरे गा.पा.३ बस्ने बर्ष २१ को निराजन शाहलाई १ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    यसैगरी, मिति २०८१।०७।०७ गते १७:५५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट खानिडाँडा, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, चुरे गा.पा.३ स्थित अस्थाइ प्रहरी पोष्ट खानीडाडामा धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार जिल्ला डोटी, जोरायल गा.पा. २ भट्टेखोला बस्ने बर्ष २४ को दिपक बिष्ट र बर्ष २४ को गोबिन्द बिष्टलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      कञ्चनपुर:- मिति २०८१।०७।०७ गते १७:५५ बजेको समयमा लागू औषध नियन्त्रण व्युरो महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष ३० को दिनेश कठायतलाई २.०६ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।