प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-०८

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।०७ गते १७:५० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. १ अत्तरियाबाट चुरे गा.पा.३ बस्ने बर्ष २१ को निराजन शाहलाई १ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    यसैगरी, मिति २०८१।०७।०७ गते १७:५५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट खानिडाँडा, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, चुरे गा.पा.३ स्थित अस्थाइ प्रहरी पोष्ट खानीडाडामा धनगढीबाट बैतडी तर्फ जाँदै गरेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जिपमा सवार जिल्ला डोटी, जोरायल गा.पा. २ भट्टेखोला बस्ने बर्ष २४ को दिपक बिष्ट र बर्ष २४ को गोबिन्द बिष्टलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      कञ्चनपुर:- मिति २०८१।०७।०७ गते १७:५५ बजेको समयमा लागू औषध नियन्त्रण व्युरो महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट सोही ठाउँ बस्ने बर्ष ३० को दिनेश कठायतलाई २.०६ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   


सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।