प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-१३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।१२ गते १६:१० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ साथी होटल पछाडी गल्लीबाट भारत लखिमपुर जिल्ला पलिया बस्ने बर्ष २५ को प्रदिप मौरेको साथबाट १० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज सँगै रहेको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बस्ने बर्ष २४ को उमेश चौधरी समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

     यसैगरी, मिति २०८१।०७।१२ गते १७:१० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको सु.प.प्र.०१-००९ प ३४१६ नम्बरको मोटरसाइकललाई जिल्ला कैलाली, टीकापुर न.पा.९ खग्रौला चेक पोस्ट नजिक सडक खण्डमा चेकजाँच गर्दा जिल्ला कैलाली, लम्की चुहा न.पा.१ बस्ने वर्ष २२ को उपेन्द्र साउदबाट १९ ग्राम ६८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त मोटरसाइकल र बरामद लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

    यसैगरी, मिति २०८१।०७।१२ गते १४:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बसपार्क गोल मार्केट स्थित होटल सेराको कोठाबाट लागू औषध गरिरहेको अवस्थामा ऐ. १२ बस्ने बर्ष २२ को किरण बम, बर्ष ३५ को अशोक चन्द, जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १ बस्ने बर्ष २९ को सुरेन्द्र बिष्ट र जिल्ला डडेल्धुरा, आलिताल गा.पा. ८ बस्ने बर्ष २४ को तेज बोहरालाई ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

    साथै, मिति २०८१।०७।१२ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा जिल्ला कैलाली, टीकापुर न.पा.९ खग्रौला चेक पोस्ट नजिकबाट जिल्ला कैलाली, लम्की चुहा न.पा. २ मोतिपुर बस्ने वर्ष २० को रोशन शाहीलाई २१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

   यसैगरी, मिति २०८१।०७।१२ गते १८:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा जिल्ला कैलाली, टीकापुर न.पा.९ खग्रौला सडक खण्डबाट जिल्ला कैलाली, टिकापुर न.पा. ७ बैदी बस्ने बर्ष १९ को पंकज ओडलाई १ ग्राम ३४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।