प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०७-१६

  • A
  • A-
  • A+
Share

      दार्चुला:- मिति २०८१।०७।१५ गते ०३:२० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.८ पस्ती स्थित सु.प.प्र.०१-००१ ज ११९० नम्बरको जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,५८,०००।– बराबरको बिडी, सुर्ती, सलाई सहित चालक जिल्ला बैतडी, डिलाशैनि गा.पा.१ बस्ने बर्ष ३१ को सागर रानालाई प्रहरी चौकी पस्ती, दार्चुलाबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त सामान, जिप र निजलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय दार्चुलामा पठाईएको ।

      कैलाली:-  मिति २०८१।०७।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ मिलनचोक, ऐ. ५ हसनपुर, ऐ. ९ घुईयाघाट, टीकापुर न.पा.१ बसपार्क, ऐ. ६ बेलुवा, ऐ. ९ बालुवाटार, गौरीगंगा न.पा.२ मालिका टोल र ऐ चुरे गा.पा. ६ फल्टुडे बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,९०,७५०।– बराबरको चिनी, रंगोली रङ, मिठाई, सुटपिस, कुर्ती, बुफर, बिभिन्न किसिमका पटाका, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:-  मिति २०८१।०७।१५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ बडवाल चोक, बेदकोट न.पा.७ सुडा, बेलौरी न.पा.१० थापा चोक र बेलडाँडी गा.पा. ३ पछलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४०,६००।– बराबरको बिडी, सरफ, चस्मा, पटाका, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।