प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा ३७ जना पक्राउ

२०८१-०७-१६

  • A
  • A-
  • A+
Share

       कैलाली :- मिति २०८१।०७।१५ गते ०७:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष ३२ को नेत्र साउद सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.२६,४२०।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

       डडेल्धुरा :- मिति २०८१।०७।१६ गते ००:३० बजेको समयमा जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा. ३ गोयलखेत स्थित बर्ष ३२ को दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज दिपक देउवा सहित २८ (अठ्ठाईश) जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नगद रु.४,४१,८६९।- र १६ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।