प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-२१

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।२० गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जोशीपुर गा.पा.५ घर भई ऐ.७ रघुनाथ बहुमुखी क्याम्पस नजिक प्रतिभा हेल्थ क्लिनिकका संचालक बर्ष ४० को राम कृष्ण चौधरीले संञ्चालन गरेको मेडिकलमा प्रतिबन्धित लागू औषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा लागू औषध स्पास्मो नामक ट्याब्लेट ५०० वटा र त्रिगाभा म्यूरिन नामक ट्याब्लेट १००० वटा फेला पारी आवश्यक प्रकिया पुरा गरी उक्त ट्याब्लेट र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

     दार्चुला:- मिति २०८१।०७।२० गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, मार्मा गा.पा.३ बिटुले बस्ने बर्ष ३० को लोकेन्द्र महरको घर पसलमा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बिक्रिबितण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा निजको घर पसलमा खानतलासी गर्दा निजको घर पसलबाट लुकाई छिपाई राखेको अवस्थामा २ किलो ३०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।