प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ सहित मानिस नियन्त्रणमा

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१।०७।२५ गते ००:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १५ उर्मीबाट सोही ठाउँ बस्ने बर्ष ३२ को होरीलाल राना र बर्ष ३५ को बिनोद राना समेतले १ वटा गोरू गाडा (डल्लब) मा काठ ओसार पसार गरी रहेको अबस्थामा साल जातको काठको गोलिया थान-१  (१८.७५ क्युफिट, अन्दाजी मुल्य रु.२३,४३७।- बराबरको) प्रहरी चौकी कनरी, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिई, उक्त अबैध काठ सहितको गोरु गाडा र मानिसहरुलाई आवश्यक कारवाहीको लागि वन कार्यालयलाई बुझाएको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।