प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-०७-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०७।२७ गते ०६:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा:- १० पुर्णागिरी टोल बस्ने दिलिप सेरलाको जस्ता पाताले छाएको गोठमा किरा भगाउन बालेको आगोबाट आगलागी हुँदा गोठमा बाँधेको एउटा भैसी र एउटा पाडो १ जली मृत्यु भएको, गोठभित्र रहेको अन्य भुसा, काठ लगायतका सामानहरु गरी अन्दाजी रु.३,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।