प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०७-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१।०७।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ एल.एन. चोक, ऐ. २ रामजानकी मन्दिर नजिक, ऐ. ३ चटकपुर, भजनी न.पा. ३ तिरनिमा, ऐ. ७ कुटी र ऐ. ८ कांडा ढिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,४४,२००।– बराबरको आलु, हरियो खुर्सानी, बदाम, LED TV, कोट, पाईन्ट कपडा, लेहिंगा, सुटपिस, पाईन्ट, माछा, सिद्रा माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

      कञ्चनपुर:-  मिति २०८१।०७।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकासाल, ऐ. १० भन्सार कार्यालय नजिक र ऐ. ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१३,४२७।– बराबरको प्याज, चिनी, मिश्री, खानेतेल, मिठाई, चना, धनिया, बेशन, सुटपिस, ब्लाङ्केट, पाईप, सकेट, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु तथा सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।