प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०८-०३

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८१।०८।०२ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ महेन्द्रनगर बजारको कबडहल जाने सडक बाटो स्थित सु.प.प्र. ०१-००१ ख २६११ नम्बरको मिनिटाटालाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१०,०४,४००।– बराबरको चक्लेट, सुदर्शन सुपारी, सुर्ती, नरिवल, दाल, चिनि लगायतका सामान सहित चालक जिल्ला बैतडी, दशरथचन्द न.पा. २ बस्ने वर्ष २८ को दिपक सिंह भाट र गाडी साहु जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ४ बस्ने वर्ष २४ को सम्भु भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त सामान, गाडी र निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाएको ।

      कैलाली:-  मिति २०८१।०८।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोड, गोदावरी न.पा. १ धनगढी रोड र टीकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२९,९००।– बराबरको प्याज, बिडी, सुर्ती, सुटपिस, फोटो फ्रेमिक कभर, फोटो कपी पेपर, प्लाष्टिक झिल्ली, छिद्रा माछा  लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

      कञ्चनपुर:-  मिति २०८१।०८।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.४ बसपार्क ऐ.६ ऐठपुर, ऐ.१० गड्डाचौकी र ऐ.११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८,६५,६८०।– बराबरको चिनि, मिश्री, सुट कपडा, जुत्ता, चप्पल, कपडा, हाडबेयर, मोबईलका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।