प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०८-०५

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ४ महिना कैद सजाय र रु.७,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष २५ को नरेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराको मिति २०८०।११।२९ गतेको फैसलाले जुवा मुद्दामा जनही रु.७,०००।– (सात हजार) जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०८।०४ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. अमरगढी न.पा. ८ बस्ने बर्ष ३६ को राजेन्द्र प्रसाद ओझा ।

२. जिल्ला दार्चुला, दुहु गा.पा. १ बस्ने बर्ष ४० को बिरेन्द्र सिंह बडाल ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।