प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-०७

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०८।०६ गते १४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ रोड हाउस क्याफे नजिकबाट सोही ठाउँ बस्ने बर्ष २४ को सागर राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धर्मेन्द्र धामीको साथबाट ३३० मिलिग्राम गरी जम्मा १ ग्राम ७१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

   दार्चुला:- मिति २०८१।०८।०६ गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा.२ देथलाबाट सोही ठाउँ बस्ने वर्ष २० को रमेश भट्ट र ऐ. नौगाड गा.पा.६ बस्ने वर्ष ७१ को कासी धामीलाई २०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।