प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-११

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।०८।१० गते १६:३० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० जुगेडा कटान स्थित शंका लागी चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २५ को कमल सिंह बन्जारा थारु र ऐ. लम्कीचुहा न.पा. ५ बस्ने बर्ष ३५ को काशिराम खड्कालाई ६ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

     दार्चुला:- मिति २०८१।०८।१० गते १८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, महाकाली न.पा. ५ पिपलगैर स्थित ऐ. नौगाड गा.पा. १ एरकोट घर भई हाल ऐ. महाकाली न.पा. ४ बागाबगड कोठा गरी बस्ने बर्ष २२ को देब सिह ठगुन्नालाई ९३  ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।