प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०८-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।०८।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ त्रिनगर र रिङरोड, ऐ. ७ कम्पनि टोल, ऐ. ९ त्रीवेणीघाट, भजनी न.पा ३ जसबहादुर घाट, ऐ. ७ हिम्मतपुर र ऐ. ९ सयपत्रि सामुदायीक बन भित्रको बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९४,१३१।– बराबरको प्याज, चिनी, बदाम, सुर्ती, बिडी, डाल्डा तेल, अचार, सरप, सुटपिस, साडी, प्लाष्टिक झिल्ली, किरानाका सामान, घरेलु मदिरा, माछा, सिद्रा माछा लगायतका सामानहरु  जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

     कञ्चनपुर:-  मिति २०८१।०८।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी र बाणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,८१,७४०।– बराबरको बिडी, सुर्ती, पावर वोर्ड, स्वीच, FIRE PINE, बिभिन्न किसिमका मोबाईल कभर, गद्दा लगायतका सामानहरु  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।