प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०८-१७

  • A
  • A-
  • A+
Share

      दार्चुला:- मिति २०८१।०८।१६ गते १८:१० बजेको समयमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा ८ देवल बस्ने बर्ष ५० को राम दत्त जोशीको घर कोठामा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले रीतपुर्वक खानतलासी गर्दा अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,५०,०००।- बराबरको घोडा बिडी ३८ पेटी, चाबी सलाई ९ पेटी, हाईक्लास सुर्ती ३ पेटी र  भारतिय चप्पल ३५९ जोर बरामद गरि उक्त सामान सहित ऐ. वडा नम्बर ९ बस्ने बर्ष ४२ को बासुदेव जोशीलाई नियन्त्रणमा लिएको, थप कारवाही भईरहेको । 

      कैलाली:-  मिति २०८१।०८।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, तिलकेताल नजिक, शिसा पोष्ट नजिक, ऐ. ७ मनेहरा र गोदावरी न.पा.५ गेटा स्थित आँखा अस्पताल जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४५,५५०।– बराबरको प्याज, चिनी, गुड, सरप, दाल, पानीपुरी, साबुन, नमकिन, बिस्कुट, मिठाई, चक्लेट लगायतका सामानहरु  जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

      कञ्चनपुर:- मिति २०८१।०८।१६ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भि.न.पा.१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८१,४५०।– बराबरको चिनी, मिश्री, किराना, कष्मेटिक र हाडबेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।