प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-२२

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०८।२१ गते १७:१० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडकखण्डबाट ऐ. लम्की चुहा न.पा. ५ बस्ने बर्ष १९ को सुरज गिरीलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ४५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    यसैगरी,  मिति २०८१।०८।२१ गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बैयाबेहडीबाट ऐ.४ बस्ने बर्ष २७ को रबि बुढालाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

    यसैगरी,  मिति २०८१।०८।२१ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया लोटस गल्लीबाट सोही ठाउँ बस्ने बर्ष २३ को सुरेन्द्र भट्ट र बर्ष २४ को धिरेन्द्र धामीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।