प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित ७ जना मानिस नियन्त्रणमा ।

२०८१-०८-२३

  • A
  • A-
  • A+
Share

कैलाली:-  मिति २०८१।०८।२२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ भाटभटेनी नजिकबाट सोही ठाउँ बस्ने बर्ष २७ को महेश भट्टलाई २ ग्राम ४७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

 

      यसैगरी मिति २०८१।०८।२२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ यातायात कार्यालय नजिकबाट सोही ठाउँ बस्ने बर्ष २८ को गोपाल रामजाली मगरलाई ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

 

     यसैगरी मिति २०८१।०८।२२ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ पट्टीघाटबाट सोही ठाउँ बस्ने बर्ष २५ को राम गोपाल राना समेत दुई जनालाई १ ग्राम ३४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित ससस्त्र प्रहरी बल BOP जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको, थप अनुसन्धान भईरहेको ।

 

 

    यसैगरी मिति २०८१।०८।२२ गते १७:५० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित मुख्य सडकखण्डबाट ऐ. जानकी गा.पा. ९ खैरीफाटा बस्ने बर्ष १९ को सचिन रावललाई ३ ग्राम ९८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, प्रहरी चौकी सत्ती र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

 

      यसैगरी मिति २०८१।०८।२२ गते १९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ संगम टोल बस्ने बर्ष २८ को सुरेश चौधरीको घरमा खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको  १ ग्राम ५९० मिलिग्राम र निज सँगै रहेको  ऐ.१ बस्ने बर्ष २८ को मनिश चौधरीको साथबाट १ ग्राम ८४० मिलिग्राम गरि जम्मा ३ ग्राम ४३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो बरामद गरि उक्त पदार्थ र निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।