प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित पाँच जना मानिस नियन्त्रणमा

२०८१-०८-२६

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०८।२५ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० घुईयाँघाटबाट सोही ठाउँ बस्ने बर्ष २३ को मलराम रानालाई ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      यसैगरी,  मिति २०८१।०८।२५ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ०३ बसपार्कबाट जिल्ला बझाङ, बुङ्गल न.पा.५ बस्ने बर्ष २५ को ललित नाथ योगीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      यसैगरी,  मिति २०८१।०८।२५ गते १९:५५ बजेको समयमा लागु औषध सेवन तथा बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, १ अत्तरीया स्थित धनगढी रोडबाट सोही ठाउँ बस्ने बर्ष २६ को राजन हमाल र ऐ. ११ बस्ने बर्ष बर्ष २२ को करुणाकर भट्टलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

      यसैगरी,  मिति २०८१।०८।२५ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ खक्रौला स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २८ को संजय बि.क. लाई १ ग्राम ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

        

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।