प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-२८

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:-  मिति २०८१।०८।२७ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ कटानबाट सोही ठाउँ बस्ने बर्ष ४० को बिनोद जोशीलाई शंका लागि चेकजाँच गर्दा ०.१९ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला  प्रहरी कार्यालय कञ्चनपुर र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

     कैलाली:-  मिति २०८१।०८।२७ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा ऐ. लम्की चुहा न.पा. ९ प्रतापपुर बस्ने बर्ष ३५ को साजिश चौधरीले चलाएको से ४ प ५९७८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा २ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकल र निजलाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

        यसैगरी,  मिति २०८१।०८।२७ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा ऐ. टिकापुर न.पा.२ अस्नेरी बस्ने बर्ष ३० को नबराज बि.क. र ऐ.लम्की चुहा न.पा.१ भुरुवा बस्ने बर्ष २९ को इमान रावललाई शंका लागि चेकजाँच गर्दा TRAMADOL नामक ३ पत्ता (३० ट्याबलेट) र AVIL नामक १ पत्ता (१५ ट्याबलेट) फेला पारी फेला पारि उक्त लागू औषध र निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

         

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।