प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०९-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०९।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, आदर्श चोक, ऐ. ४ बसपार्क, संचयकोष कार्यालय नजिक, ऐ. ७ मनेहरा, ऐ. १२ मनेहरा पोष्ट नजिक, भजनी न.पा. ०६ नवलपुर, गौरीगंगा न.पा.११ शिबपुर र जोशीपुर गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,००,१५०।– बराबरको प्याज, चिनी, गुड, बिडी, सुर्ती, नरिवल, नमकिन, दाल, आलु, खुर्सानी, उनि सर्ट, स्कुल ब्याग, ज्याकेट, मल, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।  

      कञ्चनपुर:-  मिति २०८१।०९।०४ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ तुम्नाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,०००।– चिनी, बिडी, खाने तेल, थान कपडा, कस्मेटिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गडडाचौकी पठाएको । 

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।