प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-०५

  • A
  • A-
  • A+
Share

        कञ्चनपुर:- मिति २०८१।०९।०४ गते १७:३० बजेको समयमा लागू औषध चरेशको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुर नवदुर्गा मार्ग स्थित सोही ठाउँ बस्ने बर्ष ७२ को प्रमानन्द भट्टको घर-कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १ किलो ४७० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त पदार्थ, निज प्रमानन्द भट्ट र लागू औषध खरिद गर्ने ऐ. ४ बस्ने १८ बर्षिय किशोर समेतलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

        कैलाली:-  मिति २०८१।०९।०४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ संचयकोष कार्यालय नजिकबाट जिल्ला बैतडी, दोगडाकेदार गा.पा. घर भई हाल धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को हेमन्त कार्की र जिल्ला बझाङ केदारस्यु गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा. २ बस्ने बर्ष २० को पारस रावललाई ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।