प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-०५

  • A
  • A-
  • A+
Share

        कञ्चनपुर:- मिति २०८१।०९।०४ गते १७:३० बजेको समयमा लागू औषध चरेशको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुर नवदुर्गा मार्ग स्थित सोही ठाउँ बस्ने बर्ष ७२ को प्रमानन्द भट्टको घर-कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १ किलो ४७० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरी उक्त पदार्थ, निज प्रमानन्द भट्ट र लागू औषध खरिद गर्ने ऐ. ४ बस्ने १८ बर्षिय किशोर समेतलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

        कैलाली:-  मिति २०८१।०९।०४ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ संचयकोष कार्यालय नजिकबाट जिल्ला बैतडी, दोगडाकेदार गा.पा. घर भई हाल धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को हेमन्त कार्की र जिल्ला बझाङ केदारस्यु गा.पा.२ घर भई हाल धनगढी उ.म.न.पा. २ बस्ने बर्ष २० को पारस रावललाई ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।