प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०९-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०९।११ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ...पा. ३ लक्ष्मी नर्सरी नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको  सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१-०१२ प ७११ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिदा सु.प.प्र ०१-०१२ प ७११ नम्बरको मोटरसाइकल चालक जिल्ला डोटी, शिखर नगरपालिका ११ बस्ने बर्ष २५ की सर्मिला थापा र  मोटरसाइकल पछाडी सावार जिल्ला बाजुरा, बडिमालिका न.पा. ७ बस्ने बर्ष ३० को धर्म खत्री घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा ऐ. १८:५५ बजेको समयमा घाइते धर्म खत्रीको उपचारको क्रममा मृत्यु भएकोसु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक धनगढी उ...पा. ५ बस्ने बर्ष २५ पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको          

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।