प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-१७

  • A
  • A-
  • A+
Share

      कैलाली:-   मिति २०८१।०९।१६ गते १७:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ...पा३ त्रिनगर पुल नजिकबाट ऐ. गोदावरी न.पा.३ बस्ने बर्ष २७ को दिपक सुवेदीलाई ५९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।

      यसैगरी,   मिति २०८१।०९।१६ गते १९:४५ बजेको समयमा जिल्ला कैलालीधनगढी उ...पा३ मिलन चोकबाट सोही ठाउँ बस्ने बर्ष २१ को निराजन बिष्टलाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।

     कञ्चनपुर:-   मिति २०८१।०९।१६ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुरदोधारा चाँदनी न.पा. ०१ फोरलाईन पुलबाट म १ प ७०४४ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर भीमदत्त न.पा.१८ बस्ने १८ बर्षिय किशोर र पछाडी सवार ऐ. १० बस्ने बर्ष २४ को विमल बिष्टलाई चेकजाँच गर्दा १८ बर्षिय किशोरको साथबाट १.८८ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई  लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट झोलुङगे, कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।