प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,

२०८१-०९-१९

  • A
  • A-
  • A+
Share

    बझाङ:मिति २०८१।०१८ गते २०:५ बजेको समयमा जिल्ला बझाङ, तलकोट गा.पा.२ सुकगाड स्थित तलकोटबाट चैनपुर तर्फ आउदै गरेको से १ ज ८४३ को जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चालक जिल्ला बझाङ, केदारस्युँ गा.पा.१ रायल बस्ने बर्ष ३३ को शम्शेर मल्ल, ऐ.तलकोट गा.पा.४ बस्ने बर्ष ३६ क बम बहादुर धामी  ऐ.ऐ.बस्ने बर्ष ७२ की जोगेनी देवी धामीको घटनास्थलमै मृत्यु भएको, घाईते बालिका मृतक बम बहादुर धामीको छोरी बर्ष ५ की आकृती धामीलाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा पुर्‍याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।

     यसैगरी,  मिति २०८१।०१८ गते २१:०० बजेको समयमा जिल्ला बझाङ, मष्टा गा.पा.१ कोटदेवल स्थित भातेखोलाबाट ऐ. रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १३९८ जीप अनियन्त्रित भई कच्चि सडक खण्डबाट अन्दाजी ०० मिटर तल खसेर दुर्घटना हुँदा चालक ऐ. बस्ने बर्ष ४२ को धर्म थापाको घटनास्थलमै मृत्यु भएको, उक्त जीपमा चालक मात्र सवार रहेको  

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।