प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु,

२०८१-०९-१९

  • A
  • A-
  • A+
Share

    बझाङ:मिति २०८१।०१८ गते २०:५ बजेको समयमा जिल्ला बझाङ, तलकोट गा.पा.२ सुकगाड स्थित तलकोटबाट चैनपुर तर्फ आउदै गरेको से १ ज ८४३ को जीप अनियन्त्रित भई सडकबाट अन्दाजी ०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार चालक जिल्ला बझाङ, केदारस्युँ गा.पा.१ रायल बस्ने बर्ष ३३ को शम्शेर मल्ल, ऐ.तलकोट गा.पा.४ बस्ने बर्ष ३६ क बम बहादुर धामी  ऐ.ऐ.बस्ने बर्ष ७२ की जोगेनी देवी धामीको घटनास्थलमै मृत्यु भएको, घाईते बालिका मृतक बम बहादुर धामीको छोरी बर्ष ५ की आकृती धामीलाई उपचारको लागि जिल्ला अस्पताल बझाङमा पुर्‍याई चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको ।

     यसैगरी,  मिति २०८१।०१८ गते २१:०० बजेको समयमा जिल्ला बझाङ, मष्टा गा.पा.१ कोटदेवल स्थित भातेखोलाबाट ऐ. रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१-००१ ज १३९८ जीप अनियन्त्रित भई कच्चि सडक खण्डबाट अन्दाजी ०० मिटर तल खसेर दुर्घटना हुँदा चालक ऐ. बस्ने बर्ष ४२ को धर्म थापाको घटनास्थलमै मृत्यु भएको, उक्त जीपमा चालक मात्र सवार रहेको  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।