प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रण

२०८१-०९-२१

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।०९।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ८ धनगढीगाँउ, ऐ. ९ त्रीवेणीघाट, जोशीपुर गा.पा.१ स्याउले, पिपरकोटी, कैलारी गा.पा.४ भितरीया मिलन सामुदायिक वन र के गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८६,८८०।बराबरको चिनी, बिडी, सुर्ती, दुध पाउडर, फलामको साङ्लो, चप्पल, जुत्ता, मोजा, डोरी, भुजा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।          

      कञ्चनपुर:-  मिति २०८१।०९।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु कृष्णपुर न.पा.९ लालझाडी स्थित लालझाडी जंगल र बेलौरी न.पा.१० भुँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,३६५।– बराबरको बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     बैतडी:-  मिति २०८१।०९।२० गते १८:३० बजेको समयमा जिल्ला बैतडीदशरथचन्द न.पा.१० अदारीपिण्ड स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,६२५।– बराबरको चिनीमिश्रीदाल, खाने तेल, सरप, नरिवल, जिरा, चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी चौकी बाराकोटबैतडीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडी पठाएको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।