प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२६

  • A
  • A-
  • A+
Share

         कैलाली:-   मिति २०८१।०९।२५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार चोकबाट ऐ.१३ बस्ने बर्ष २४ को शंकर रानालाई ४ ग्राम ८८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

       यसैगरी,   मिति २०८१।०९।२५ गते १६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट जिल्ला सुर्खेत, बिरेन्द्रनगर न.पा. १४ घर भई हाल जिल्ला कैलाली, गोदावरी न.पा. १ अत्तरिया कपडा पसल गरी बस्ने बर्ष ३० को अवतार हुसेनले चलाएको से ७ प १५५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९  ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थ, मोटरसाईकल, निजलाई लागू औषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

        यसैगरी,   मिति २०८१।०९।२५ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष ३५ को राज कुमार रानाको साथबाट ९० मिलिग्राम र ऐ.८ बस्ने बर्ष ४२ को भक्त रानाको साथबाट २ ग्राम २३० मिलिग्राम  गरी जम्मा २ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित उक्त पदार्थ र निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

        यसैगरी,   मिति २०८१।०९।२६ गते ००:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ कैलालीगाउँबाट सोही ठाउँ बस्ने बर्ष २४ को सन्तोष रानालाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

        कञ्चनपुर:-   मिति २०८१।०९।२५ गते २१:४० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ सालघारीबाट सोही ठाउँ बस्ने बर्ष २४ को जतिन थापा र बर्ष २४ कमल चन्दलाई शंका लागि चेकजाँच गर्दा जतिन थापाको साथबाट ०.५५ ग्राम  मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ र निजहरु दुवै जनालाई लागू औषध नियन्त्रण ब्युरो शाखा कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।