प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०९-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:-   मिति २०८१।०९।२६ गते १३:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा. ३ ब्यरेल नजिकबाट ऐ. मिलन चोक बस्ने बर्ष २४ को सरोज चौधरीलाई ५ ग्राम २९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।       

    यसैगरी,   मिति २०८१।०९।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलालीकैलारी गा.पा.७ कटानी पुल नजिकबाट ऐ.२ बस्ने वर्ष २० को अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निज र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थमोटरसाईकलनिजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय रामपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।            

   यसैगरी,   मिति २०८१।०९।२६ गते २३:४५ बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा. ८ बुद्धचोकबाट सोही ठाउँ बस्ने बर्ष २४ को सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

   यसैगरी,   मिति २०८१।०९।२६ गते २३:५५ बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा. २ पुरानो भन्सार नजिकबाट ऐ. १३ बस्ने बर्ष ३८ को दिपक भट्टलाई 0nerex नामक १५ बोतल लागू औषध जस्तो देखिने पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।  यसैगरी,   मिति २०८१।०९।२७ गते ०२:०० बजेको समयमा गोप्य सुचनाको आधारमा लागू औषध सेवन गरिरहेको अवस्थामा जिल्ला कैलालीधनगढी उ.म.न.पा. ७ देवरियाबाट सोही ठाउँ बस्ने बर्ष २३ को दिप लाल राना समेत ४ जनालाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।