प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिपको ठक्करबाट मानिस मृत्यु

२०८१-०९-२७

  • A
  • A-
  • A+
Share

     बाजुरा:-  मिति २०८१।०९।२६ गते १२:३० बजेको समयमा जिल्ला बाजुरा, बुढिनन्दा न.पा.९ अंगाउपानी स्थित मार्तडी-कोल्टी सडक खण्डमा मार्तडीबाट कोल्टी तर्फ जादै गरेको सु.प.प्र.०१-००१ च ४४३० नम्बरको खुद्रा सामान बोकेको जिपले ऐ.१० घर भई हाल ऐ.९ अंगाउपानी छोरीको घरमा बस्ने बर्ष ६० की रुपशिला धामी सडकमा हिडिरहेको अवस्थामा जिपले ठक्कर दिई गम्भिर घाईते भई ऐ.१५:०५ बजे उपचारको क्रममा मृत्यु भएको, जिप र जिप चालक जिल्ला कैलाली, चुरे गा.पा.६ बस्ने बर्ष २४ को लोकेन्द्र साउदलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।