प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०९-२९

  • A
  • A-
  • A+
Share

    कैलाली:-  मिति २०८१।०९।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिशापोष्ट नजिक र गोदावरी न.पा.४ बनदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२१,६८०।– बराबरको चिनी, मिश्री, मिठाई, बेसनको पिठो, पानीपुरी, सुटपिस, स्विटर, दोपट्टा, प्लाजु, मेक्सि लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।            

     कञ्चनपुर:-  मिति २०८१।०९।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.५ सुकासाल र ऐ.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१२,२५०।– बराबरको चिनि, अचार, खाने तेल, दाल, पिठो, साईकलका सामान, प्लाष्टिक झिल्ली, बिभिन्न किसिमका कपडा, तराकारी, किरानाका सामान, मोटरसाईकल थान-१ लगायतका सामानहरु  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

     बैतडी:-  मिति २०८१।०९।२८ गते ११:३० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.६ सेरा स्थित महाकाली नदीको किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,४८०।– बराबरको २ क्वीन्टल चिनी जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको  ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।