प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गोली हानी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

२०८१-१०-०१

  • A
  • A-
  • A+
Share

       डडेल्धुरा:- मिति २०८१।०९।२९ गते १६:३० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.३ पथरोडा बस्ने बर्ष ३२ को डम्बर बहादुर थापा मगरले मादक पदार्थ सेवन गरी घरायसी बाद-बिबाद हुदा आफ्नै घर आगनमा आफ्नै श्रीमती बर्ष २४ की अस्मिता थापा मगरलाई एकनाले भरुवा बन्दुकले छातीमा गोली हानी घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समेतबाट प्रहरी टोली खटि गई भरुवा बन्दुक सहित भाग्दै गरेको अवस्थामा निज डम्बर बहादुर थापा मगरलाई नियन्त्रणमा लिई निजको साथमा रहेको भरुवा बन्दुक बरामद गरी अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।