प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-०३

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।१०।०२ गते २१:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ अदालत रोडबाट सोही ठाउँ बस्ने बर्ष २५ को किरण नेपाली र वर्ष २५ को बसन्त परियारलाई १९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

       कञ्चनपुर:-  मिति २०८१।१०।०२ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त.न.पा.४ बसपार्कबाट जिल्ला बैतडी, सिगास गा.पा.३ बस्ने बर्ष २६ को जनक सिह ढाँटलाई ०.१२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

      अछाम:- मिति २०८१।१०।०२ गते २०:४० बजेको समयमा जिल्ला अछाम, मंगलसैन न.पा.५ मंगलसैन बजारमा सोही ठाउँ बस्ने बर्ष २२ को प्रकाश बिश्वकर्मा, बर्ष २२ को अर्जुन सुनार, बर्ष २२ को कर्ण प्रसाद ढुङ्गाना र बर्ष १९ को अर्जुन सुनारको शरिर चेकजाँच गर्दा  प्रकाश बिश्वकर्माको साथबाट ट्रामाडोल- ४२ क्याप्सुल, प्रिगाभा- ८ क्याप्सुल, ईभा ५ क्याप्सुल र अर्जुन सुनारको साथबाट प्रिगाम्लिन ७४ क्याप्सुल लागू औषध बरामद भएकोमा बरामद पदार्थ र निजहरु चारै जनालाई  जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी मंगलसेन, अछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           

        

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।