प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-०५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१०।०४ गते १४:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा. ५ मेडिकल कलेज नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३३ को ओकेन्द्र चौधरीलाई १ ग्राम ३४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      यसैगरी, मिति २०८१।१०।०४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ भजनीबाट सोही ठाउँ बस्ने बर्ष ३० को महेश चन्दलाई ६ ग्राम ६०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

        यसैगरी, मिति २०८१।१०।०४ गते २०:५० बजेको समयमा जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३८ को भरत चौधरीलाई १९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधाम, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      कञ्चनपुर:-   मिति २०८१।१०।०४ गते १६:०० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला दार्चुला, महाकाली न.पा.४ घर भई हाल जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ चम्मन चौराह स्थित बर्ष ४२ की शान्ती ऐरले संञ्चालन गरेको रोल्पाली सुकुटी सेन्टर होटलबाट २.३१ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ र निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, वडा प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

       यसैगरी,   मिति २०८१।१०।०४ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ कालोपुलबाट जिल्ला कैलाली, गोदाबरी न.पा.८ स्याउले बस्ने बर्ष २५ को अम्मर नेपालीलाई ३.३५ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १.३२ ग्राम गाँजा जस्तो देखिने पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।