प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-०७

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८१।१०।०६ गते १४:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार ब्यारेल नजिकबाट भारतबाट नेपाल आउदै गरेको अवस्थामा ऐ.४ उत्तरवेहडी बस्ने बर्ष २४ को अनिल लामा तामाङ् सहित दुई जनालाई १२ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोले उक्त पदार्थ, निजहरुले प्रयोग गरेको सु.प.प्र. ०२००३ प ६११५ मोटरसाईकल र निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

       यसैगरी, मिति २०८१।१०।०६ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१२ जुगेडाबाट ऐ.१ शिवनगर बस्ने बर्ष २२ की अस्मीता चौधरी र ऐ.९ बस्ने बर्ष २२ की रमिता चौधरीलाई १ ग्राम ६०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               

     यसैगरी, मिति २०८१।१०।०६ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ राजपुरबाट जिल्ला डडेल्धुरा, अमरगढी न.पा. ५ घर भई हाल धनगढी उ.म.न.पा.१३ कोठा गरी बस्ने बर्ष २४ को मिन बहादुर बिष्टलाई २ ग्राम ४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र  लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                  

    कञ्चनपुर:- मिति २०८१।१०।०६ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजारबाट शंका लागि चेकजाँच गर्ने क्रममा ऐ. ७ बस्ने बर्ष २८ को सागर जोशीलाई १३० मिलिग्राम र ऐ.६ बस्ने बर्ष २७ को निरज बहादुर चन्दलाई ३ ग्राम ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                    

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य । २. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।

अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१

    कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।नियन्त्रणमा लिएका मानिसहरु:-१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।३.कटुवा पेस्तोल थान-१ ।४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।५.मयुरको प्वाख २ गुच्चा ।६. जरायोको सिंह थान-३ ।      सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।  

फरार प्रतिबादी पक्राउ
२०८२-०३-३१

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धि मुद्धामा चार महिना कैद र रु.३,३३३।३३ जरिवाना तोकिएको जिल्ला कैलाली गोदावरी न.पा.-७ बस्ने बर्ष १९ को निसान्त राना सहित एकजना किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते १०:१५ बजेको समयमा धनगढी उप-महानगरपालिका ७ मनेहराबाट पक्राउ गरेको ।    यसैगरी,फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्धामा रु.१८,४४०। जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गाँउपालिका वडा नम्बर ८ पहाडीपुर बस्ने बर्ष ३० को जितु चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते निजको घर ठेगानाबट पक्राउ गरेको ।