प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।१०।१० गते ०९:३५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.०३ पुरानो मालाखेती बजारबाट सोही ठाउँ बस्ने बर्ष २५ को जयराज भट्टराईलाई puroxowin spas नामक क्याप्सुल थान-११ लागू औषध सहित अस्थायी प्रहरी पोष्ट चौकीडाडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

    कञ्चनपुर:-  मिति २०८१।१०।१० गते १७:४५ बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.४ महाकाली माता मन्दिर नजिकबाट सोही ठाउँ बस्ने बर्ष ३६ की जानकी दमाईले संचालन गरेको किराना पसलमा लागू औषध चरेशको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त पसलमा खानतलासी गर्दा निजको साथबाट १९.५४ ग्राम, बर्ष ३९ को गौखे दमाईको साथबाट १.०७ ग्राम र ऐ. भीमदत्त न.पा. ११ भुजेला बस्ने बर्ष २१ को अविशेक सुनारको साथबाट ०.६१ ग्राम गरी जम्मा २१.२२ ग्राम  लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

     यसैगरी,  मिति २०८१।१०।१० गते १९:०० बजेको समयमा गोप्य सुचानाको आधारमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ कलुवापुर स्थित सोही ठाउँ बस्ने बर्ष २१ को दिपक रानाको घर कोठामा खानतलासी गर्दा निज सुत्ने कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा ०.११ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि आबश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ र निजलाई इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       



सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।