प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बसको ठक्करबाट वालकको मृत्यु

२०८१-१०-११

  • A
  • A-
  • A+
Share

      बाजुरा:- मिति २०८१।१०।१० गते १५:३० बजेको समयमा जिल्ला बाजुरा, बुढिगंगा न.पा.८ बेतालमाण्डौ स्थित सु.प.प्र.०२-००१ ख १०२० नम्बरको बसले बिद्यालयबाट घर तर्फ जादै गरेको अवस्थामा सडक पार गर्ने क्रममा जिल्ला बाजुरा, बुढिगंगा न.पा.८ बेतालमाण्डौ बस्ने बर्ष ४ को निसु लुहारलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको, बस र बस चालक जिल्ला कञ्चनपुर, बेलडाडी गा.पा.१ चन्दन बस्ती बस्ने बर्ष ४९ को दिवाकर भट्टलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।     


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।