प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-१०-१५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।१०।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिसा पोष्ट, धनगढी उ.म.न.पा.१० गणपती इटाभट्टा नजिक र धनगढी उ.म.न.पा.४ बसपार्कबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.१,०८,०८०– बराबरको मोबायल डिस्प्ले, बिडी, गुट्खा, पान, सोडा, प्लाष्टिक लगायतका किराना सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

     कञ्चनपुर :- मिति २०८१।१०।१४ गते कञ्चनपुर जिल्लाको भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक र बेलौरी न.पा.६ बैशाखीबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.२,३५,२८५– बराबरको चिनि, मिश्री, प्लाष्टिकको रस्सी, नल्का, फरुवा, मोटर सकेट, नल्काको रड, चिया छन्नी, लगायत हार्डवयर तथा किराना सामनहरु  लु ३ प ८८१३ नम्बरको मोटर साईकल सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।