प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-१०-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा चेक अनादर मुद्धामा रु.१,०००।-जरिवाना तोकी फरार रहेको प्रतिबादी जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका ५ जाई बस्ने बर्ष ४३ को सुरेश ओझालाई मिति २०८१।१०।१४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको । 

     कञ्चनपुर:- फैसला कार्यन्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०२।०४ गतेको फैसलाले सार्बजनिक हित स्वास्थ्य सुरक्षा मुद्दामा रु २,०००/-जरिवाना तोकिएको फरार प्रतिबादि जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० नयाँगाउ बस्ने बर्ष ३० को बिनोद रावललाई प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले मिति २०८१।१०।१४ निजको घर ठेगानाबाट पक्राउ गरी सम्मानित अदालतमा पेश गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।