प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-१०-१९

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीबाट दुनिया बादी फौजदारी बिबिध मुद्दामा रु.१५,०००/- जरिवाना तोकी फरार रहेको जिल्ला  कैलाली धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ४१ को मोहन साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले मिति २०८१।१०।१८ गते सोही स्थानबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत कैलालीमा पेश गरेको ।

   कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालतबाट बभिन्न मुद्धामा बिभिन्न मितिमा अन्तिम फैसला भई कैद तथा जरिवाना तोकिएका मिति २०५३।०३।२० गतेको फैसलाले सार्वजनिक अपराधमा रु. ५०। जरिवाना तोकिएको जिल्ला कञ्चनपुर दोधारा २ बस्ने बिर सिह नेपाली, मिति २०६६।०७।०३ गतेको फैसलाले लागु औषध चरेश सम्बन्धी मुद्दामा रु २,०००/- जरीवाना तोकिएको जिल्ला कञ्चनपुर चाँदनी ७ बस्ने मान ब.चन्द, मिति २०४९।०१।३० गतेको फैसलाले अंशबण्डा सम्बन्धी मुद्धामा रु ६४८।२५।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर चाँदनी  ८ बस्ने गोपाल सुनार, मिति २०४९।०१।३० गतेको फैसलाले अंशबण्डा सम्बन्धी मुद्धामा रु ६४८।२५।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर चाँदनी ८ बस्ने गौरी राम सुनार गरी चार जना फारार प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी मिति २०८१।१०।१८ गते पक्राउ गरी सम्मानित जिल्ला अदालतमा पेश गरेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।