प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-२२

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।१०।२१ गते १६:४० बजेको समयमा सिमानाकामा लागू औषधको कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ स्थित भारत बाट नेपाल तर्फ पैदल आईरहेको अबस्थामा ऐ. ५ बस्ने बर्ष २६ को आर्जुन गुरुङलाई चेकजाँच गर्दा २.८३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                   कैलाली:-  मिति २०८१।१०।२१ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ११ झन्झटपुर स्थित सडक किनारमा सोही ठाउँ बस्ने बर्ष ३८ को तुलाराम चौधरीले संचालन गरेको घुम्ती पसलबाट लागू औषध (गाँजा) सेवन गरिरहेको अवस्थामा निज तुलाराम चौधरी, ऐ. बस्ने बर्ष ३१ को श्रवण कुमार चौधरी, बर्ष २७ को अजय चौधरी र बर्ष २१ को विवश चौधरी समेत चार जनालाई ७० (सत्तरी) ग्राम लागू औषध गाँजा र गाँजा सेवन गर्न प्रयोग गरेको पाईप सहितको बोतल थान –१ सहित इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।