प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१०-२२

  • A
  • A-
  • A+
Share

       दार्चुला:-  मिति २०८१।१०।२१ गते २०:०० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा. ७ चौकी बस्ने भुपेन्द्र चन्दको २ तले ७ कोठे पक्की घरमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.३,००,०००।– (तिन लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी नियन्त्रणमा आईसकेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।   


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।