प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

    कैलाली:-   मिति २०८१।१०।२३ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट ऐ. लम्कीचुहा न.पा.१ बस्ने बर्ष २३ को भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                 

      यसैगरी,   मिति २०८१।१०।२३ गते १७:३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ पहाड रोडबाट सोही ठाउँ बस्ने बर्ष २२ को धिरज बलायरलाई २०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                   

      यसैगरी,   मिति २०८१।१०।२३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलन चोकबाट ऐ. गोदावरी न.पा.२ घर भई हाल मिलनचोक कोठा गरि बस्ने २२ की बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                    

        डोटी:-   मिति २०८१।१०।२३ गते १८:१५ बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा.४ पिपल्ला बजारमा चेकजाँच गर्दा ऐ.२ दिपायल बस्ने वर्ष ३० को कमल अग्रवालको साथबाट ०.४२० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको र निजलाई सोधपुछ गर्दा ऐ. आदर्श गा.पा. ५ बस्ने वर्ष २२ को दिनेश रोकायाबाट किनेको हु भनि जानकारी गराएकोमा निजको खोजतलास गर्दै जाँदा ऐ.४ देहिमाण्डौ घर भई ऐ. पिपल्ला कोठा गरी बस्ने वर्ष १९ को अर्जुन बोहराको कोठामा फेला परेका दिनेश रोकाया र अर्जुन बोहरा सहित उक्त पदार्थ र कमल अग्रवाल समेत तिनै जनालाई  जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।