प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:-  मिति २०८१।१०।२४ गते ०२:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ६ मुसेपानी स्थित हर्क मल्लले संचालन गरेको भवानी कालीका कन्स्ट्रकसन प्रा.ली. को गोदाममा बिद्युतको तार सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम , हाईड्रोलीक लिटर ड्रम लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,००,००,०००।-( एक करोड) बराबरको धनमाल जलेर नष्ट भएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा ऐ. ०४:१५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।