प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:-  मिति २०८१।१०।२६ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ झाक्रीटोल बस्ने कर्ण बहादुर शाहीको खरले छाएको १ तले १ कोठे कच्ची भान्सा घर र टिनले छाएको १ कोठे गोठमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,००,०००।- ( एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको ।  


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।